Sagun Khabar
कञ्चनपुरको भीमदत्तद्वारा श्वेतपत्र सार्वजनिक : नगरपालिकाले ३९ करोड बढी तिर्न बाँकी
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरको आर्थिक श्वेतपत्र सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी जारी गरेको आर्थिक श्वेतपत्र अनुसार नगरपालिकाले ३९ करोड, ३३ लाख, ८८ हजार, ८३८ रुपैयाँ तिर्न बाँकी रहेको छ । नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्दाको समयसम्म नगरपालिकाले ३९ करोड ३३ लाख ८८ हजार ८३८ रुपैयाँ तिर्न बाकीँ रहेको पाइएका नगर प्रवक्ता महेन्द्र खड्काले बताए । 

श्वेतपत्रअनुसार अघिल्लो सरकारका पालामा इन्धन तथा मर्मतखर्चमा पारदर्शीता नअपनाएको, स्रोतको (बजेट) सुनिश्चितता नगरी बोलपत्र आह्वान गरी ठेक्कापट्टा गरिएको, स्रोतले धान्नै नसक्ने गरी डिपिआर बनाउन रकम खर्च र कर्मचारी भर्ना गरिएको र विकास निर्माणका काम ठुलो मात्रामा कोटेशनमार्फत गराइएकोले नगरपालिकालाई आर्थिक भार परेको हो। नगर प्रवत्ता खड्काले अब नगरपालिकाले तिर्नुपर्ने उक्त रकम तथा दायित्वलाई आन्तरिक स्रोतले मात्रै धान्न नसक्ने हुँदा संघ र प्रदेश सरकारसँग पहल गर्दै वित्तीय दायित्वलाई क्रमश घटाउँदै आवश्यक कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताए ।

यस्तै, नगरपालिकाभित्र भएका अनियमितालाई छानविनको दायरामा लयाएर पारदर्शीता तथा सुशासन कार्यम गर्ने, अघिल्लो सरकारले गरेका असल कामलाई निरन्तरता दिने, बोझिलो कर्मचारी संयन्त्रका कारण नगरपालिकालाई परेको आर्थिक भारलाई न्यून गर्न संगठन सर्वेक्षणअनुसार आवश्यकता र औचित्यको आधारमा दरबन्दि पुनरावलोकन गरिने श्वेतपत्रमार्फत जनाइएको छ । अहिले नगरकार्यपालिकामा मेयर, उपमेयर, १२ वडाध्यक्षसहित नेपाली काँग्रेसको बहुमत छ । यसअघि एमालेका सुरेन्द्र विष्ट नेतृत्वमा एमालेको बहुमत रहेको थियो । 
 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update