Sagun Khabar
बैतडीको पञ्ज्युनयाँमा जिप दुर्घटना, दुईजना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीमा जिप दुर्घटना भएको छ । महाकाली राजमार्ग अन्तर्गत दोगडाकेदार गाउँपालिका वडा नं ६ को पंज्यूनयाँमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । से १ ज १०८७ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी घाइते हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका जिप साहु ३२ बर्षीय  हरीदत्त जोशी र जिप चालक २५ बर्षीय भुवन बिष्ट रहेको प्रहरीले जनाएको छ । जिपमा दुई जना मात्रै सवार रहेको बताइएको छ । 

घाइते दुवैजनाको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको गोकुलेश्वर प्रहरीचौकीका हवल्दार सन्जय धामीले बताए । जिप पञ्ज्युनयाँबाट  बजारबाट गोकुलेश्वर तर्फ गइरहेको उनले बताए । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update