Sagun Khabar
रवि लामिछानेद्वारा 'राष्ट्रिय स्वतन्त्र पार्टी' काे घोषणा
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – सञ्चारकर्मीको पेसा छाडेर राजनीतिमा लाग्नुभएका रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेका छन् । 

काठमाण्डौको राष्ट्रिय सभा गृहमा एक कार्यक्रममा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गेरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै लामिछानेले आजसम्मको योगदान, लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिका लागि पुराना दल र नेताहरूलाई धन्यवाद दिँदै आफू अरू पार्टीमा नजाने बताए । 

उनले अहिलेसम्मका सबै दलले नागरिकको सेवा गर्छौँ भनेर झुट बोलेको र आम नागरिकको जीवनशैलीमा कुनै सकारात्मक परिवर्तन नआएकाले आफू राजनीतिमा आउन बाध्य भएको पनि बताए । 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update