Sagun Khabar
जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय

काठमाण्डौ –सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ ।

शिक्षा क्षेत्रको विकास तथा नेपाललाई विश्वसामु चिनाउन पुर्याएको योगदानको कदर गरी सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले लेखेको अक्षराङ्क शिक्षा नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । १९३४ साल भदौमा बझाङमा जन्मिएका सिंहको १९९७ साल असोज १ गते निधन भएको थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

त्यस्तै पछिल्लो मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय भएको छ ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम ऐन–२०१९ को दफा २० बमोजिम निलम्बन गरी जाँचको कार्य अघि बढाउने, कोहलपुर सुर्खेत १ सय ३२ केभी प्रसारण लाइन आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, राष्ट्रिय समाचार समिति राससको रिक्त पदमा धर्मेन्द्र झालाई नियुक्ति गर्नेलगायतका निर्णय गरेको छ । 

साथै हिजो बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय समेत गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update