Sagun Khabar
भोलि धनगढीमा सरकारी गाडी चल्न नदिने युवा संघ र अनेरास्ववियूको घोषणा 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिएको भन्दै नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्वयूले कैलालीको धनगढीमा विरोध गर्ने जनाएको छ । 

मूल्य वृद्धि हुँदा समेत सरकारले ध्यान नदिएकाले भोलि धनगढी क्षेत्रमा सरकारी गाडी चल्न नदिने राष्ट्रिय युवा संघका नगर अध्यक्ष अभिषेक नाथले बताए । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि तत्काल फिर्ता गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update