Sagun Khabar
धनगढी उपमहानगरपालिकाले ‘पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –धनगढी उपमहानगरपालिकाले ‘पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने भएको छ । मंगलबार उपमहानगरको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोपाल हमालले यस्तो घोषणा गरेका हुन् ।

नगर क्षेत्र भित्रका सडक लगायतका पूर्वाधारको नियमित रुपमा मर्मत–सम्भार तथा स्तरोन्नतिका लागि मर्मत सम्भार इकाइको गठन गर्दै पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिने उनले बताए । 

यस्तै क्रमागत योजनालाई प्राथमिकतामा राखेर कार्यान्वयनमा लैजाने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update