Sagun Khabar
डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु, दुई जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । परशुराम नगरपालिका–११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजनलाई खोलाले बगाउँदा मृत्यु भएको हो । 

पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर फर्कने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए  । बगेको ठाउँबाट ५०÷६० मिटिर तल निराजनको शव फेला गरेको उनले बताए । खोलाले बगाउँदा अन्य दुई विद्यार्थी घाइते भएका उनले बताए । 

घाइते हुनेमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउँद र १४ वर्षीय गोपाल साउँद रहेका छन् ।  
 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update