Sagun Khabar
कात्तिक ३० मा प्रदेश र संघको निर्वाचन गर्न प्रस्ताव
Nirbachan-Aayog_0_0_2.jpg

काठमाडौँ- २०७९ साल कात्तिक ३० गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने प्रस्ताव गरिएको छ।निर्वाचन आयोगले सरकारलाई आगामी साढे चारदेखि पाँच महिनाभित्र आम निर्वाचन गर्ने अनौपचारिक प्रस्ताव पठाइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बताए।

 अब आम निर्वाचन धेरै टाढा छैन, साढे चार महिनादेखि पाँच महिनाभित्र चुनाव हुन्छ,’ काठमाडौं महानगरपालिकाको नगरसभामा बोल्दै मन्त्री श्रेष्ठले भने, ‘निर्वाचन आयोगले आमनिर्वाचनका लागि मिति नै तोकेर अनौपचारिक प्रस्ताव पठाइसकेको अवस्था छ।

अब छिट्टै सरकारले चुनावको मिति तोक्नेछ।’ मन्त्री श्रेष्ठले आयोगले एकैचरणमा भए कात्तिक ३० गते र दुई चरणमा भए कात्तिक २८ र मंसिर ३ गते आम निर्वाचन गर्ने मिति प्रस्ताव गरेको जानकारी दिए।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update