Sagun Khabar
राष्ट्रिय जनगणनाका लागि बैतडीमा तयारी अघि बढ्यो 
फोटो :जनगणनाका बिषयमा बैतडीमा आयोजना गरिएको गोष्ठीका सहभागी 

बैतडीमा पनि राष्ट्रिय जनगणना सम्बन्धि गतिविधि अघि बढाउन थालिएको छ । राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक तयारी शुरु भएको जिल्ला जनगणना कार्यालयका सहायक जनगणना अधिकारी मोहनसिंह ठगुन्नाले जानकारी दिए ।

बिहीबार जनगणनाकै बिषयमा सरोकारवालाहरुसंग छलफल समेत गरिएको ठगुन्नाले जानकारी दिए । मेरो गणना, मेरो सहभागिता भन्ने मूल नाराका साथ राष्ट्रिय जनगणना २०७८ शुरु हुँदैछ । यसका लागि जिल्लामा पनि आवश्यक तयारी भईरहेको बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको सहायक जनगणना अधिकारी ठगुन्नाले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

उनका अनुसार राष्ट्रिय जनगणना २०७८ का लागि बैतडीमा ३२४ जना गणक र ८४ जना सुपरीवेक्षक खटिनेछन् । सुपरीवेक्षकहरुले आगामी वैशाख २६ गतेदेखि जेठ १४ गते सम्म प्रत्येक घरमा पुगेर घरपरिवार सूची तयार पार्नेछन् भने गणकहरुले आगामी जेठ २५ देखि असार ८ गते सम्म मुख्य प्रश्नावली सहित घरघरमा पुग्नेछन्।  

जिल्लामा दशरथचन्द नगरपालिकाको गोठलापानी, दोगडकेदार गाउँपालिका, पाटन नगरपालिका र मेलौली नगरपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना भएका सहायक जनगणना अधिकारी ठगुन्नाले जानकारी दिए । 

 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update