Sagun Khabar
प्रदेश संरचना खारेज गरे संघीयता संस्थागत हुन्छ  : थापा 

कैलाली –राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीयतालाई संस्थागत गर्न संघीय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन् । शनिबार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौति र विकल्प’ नामक वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । 

संघीय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढीभन्दा बढी अधिकार दिएर दुई तहको सरकार बनेमा संघीयता थप संस्थागत हुने उनले बताए । उनले व्यक्तिको इमानदारिता र लगनशीलतामा कमीका कारण संविधानले स्थायित्व पाउन नसकेको बताए । प्रदेश संरचना खारेज गर्नुपर्ने उनको भनाइ छ । उनले भने ‘संघीयतालाई संस्थागत गर्नका लागि दुई तहका सरकारलाई बलियो बनाएर प्रदेश संरचना खारेज गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै थापाले अब आफ्नो पार्टीले कसैसंग एकता नगर्ने बताए । राप्रपाबाट छुटिएर अलग पार्टीको संगठन विस्तारमा रहेका अध्यक्ष थापाले अन्य पार्टीसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने बताएका हुन् । 

Atrya hospital

राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्टीका रुपमा स्थापना भएको उनको दाबी छ । उनले आगामी निर्वाचनमा राप्रपा नेपाल देशको राष्ट्रिय पार्टी बन्ने पनि दाबी गरे । 
 

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update