Sagun Khabar
सुदूरपश्चिमका ८५ स्थानीय तहले निती तथा कार्यक्रम र बजेट ल्याए 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –८८ स्थानीय तह रहेको सुदूरपश्चिमका ८५ स्थानीय तहले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।  बाजुराको बुढीगंगा नगरपालिका, डोटीको बोगटान फुडसिल गाउँपालिका र अछामको पञ्चदेवल विनायकले भने शुक्रबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन् । 

बुढीगंगा नगरपालिकामा निर्वाचन नै भएको छैन भने, कार्यपालिका समितिमा अध्यक्ष र उपाध्यक्ष अल्पमतमा परेपछि बोगटान फुडसिल गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेको छैन् । 

यस्तै पञ्चदेवल विनायक नगरपालिकामा जेठ २० गते किशोर विनोद शाही मृत अवस्थामा भेटिएपछि त्यहाँको अवस्था शान्त हुन सकेको छैन ।  कांग्रेसबाट मेयरमा निर्वाचित अम्बिका चलाउनेविरुद्ध हत्या गरेको आरोपमा किटानी जाहेरी दर्ता गरेका कारण पञ्चदेवल विनायक नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेको छैन । 
 

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update