Sagun Khabar
घोडाघोडी नगरपालिकाका अस्थायी र करार कर्मचारीलाई काममा नआउन आदेश 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीको घोडाघोडी नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई श्रावण १ गतेबाट काममा नआउन आदेश दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै श्रावण १ गतेबाट अस्थायी, करार तथा दैनिक ज्यालादारी कार्यरत कर्मचारीलाई काममा नआउन आदेश दिएको हो । 

‘यस नगरपालिकाका अन्तरगतका सम्पूर्ण कार्यालयहरुमा कार्यरत कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०७९÷०८० श्रावण १ गते देखी म्याद थप भएको पत्र प्राप्त नहुँदा सम्म कार्यालयमा हाजिर नगर्न नगराउन जानकारी गराइन्छ ।’नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update