Sagun Khabar
डडेल्धुरामा  मुहान सुक्दा खानेपानीको  हाहाकार

डडेल्धुरा- डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन्। केही समययता पर्याप्त रूपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तीव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका हुन्।

बीच जंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक खण्डका कारण मूलहरू सुक्दा खानेपानीको हाहाकार हुन थालेको हो।डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाका केही वडामा खानेपानीका मुहान सुक्न थालेका छन्।

जलवायु परिवर्तनका साथै विकासको नाममा जिल्लाका ग्रामीण क्षेत्रमा हेभी इक्युपमेन्ट (डोजर)को प्रयोग गरी सडक निर्माण गनृे क्रम बढेसँगै पानीका मुहान सुक्न थालेका हुन्।केहीवर्ष यतादेखि डडेल्धुरामा पानीको सतह कम हुँदै गइरहेको जिल्ला खानेपानी डिभिजन कार्यालय जनाएको छ।

स्वास्थ्य सन्देश
Atrya hospital

जंगलमा जथाभावी सडक निर्माण हुनु, जंगल फडानी बाढीपहिरो र हेभी इक्युपमेन्टको प्रयोगले पानीको मुहान क्षेत्रको भू–भाग कम्पनका कारण पानीका मूलमा असरपरी सुक्न थालेको जिल्ला खानेपानी डिभिजन कार्यालय डडेल्धुराका प्रमुख इन्द्रबहादुर स्वाँरले बताए।डडेल्धुराका विभिन्न स्थानमा रहेका पँधेरा सुकिसकेका छन् भने केही सुक्ने अवस्थामा छन्।

केहीवर्ष यतादेखि पानीका मुहान सुक्नुका साथै पानीको सतह घटेसँगै अधिकांश खानेपानीका धारामा पानी आउन छोडेको छ। वर्षौंदेखि खानेपानीको अभाव हुँदा नवदुर्गा–१ का स्थानीय बासिन्दा चिन्तित बन्न थालेका छन्।

खानेपानीको अभावमा घण्टौंको दूरीबाट खानेपानी ल्याएर खान बाध्य रहेको नवदुर्गा–१ का स्थानीय कलावतीदेवी भुलले दुःखेसो पोखिन्।खानेपानीका मूल संरक्षण नहुने हो भने जिल्लाका विभिन्न ठाउँमा पानी अभाव हुने खानेपानी डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update