Sagun Khabar
पहिरोका कारण दार्चुलाका ग्रामीण सडक अवरुद्ध 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – मनसुन शुरु भएसंगै दार्चुलाका विभिन्न ठाउँमा खसेको पहिरोले सडकहरु अवरुद्ध भएका छन् । दार्चुलाको खलंगा– दल्लेख, खार सडकअन्तर्गतको मालबेला क्षेत्रमा  पहिरोका कारण सडक अवरुद्व भएको छ ।  त्यस्तै, काटै, मुल्ला, मैखोली, दल्लेकलगायत नौगाड गाउँपालिकाका विभिन्न ठाउँका सडक खण्ड अवरुद्ध भएका छन् । 

त्यस्तै पहिरोका कारण सदरमुकाम खलंगा लगायत क्षेत्रको खानेपानी अवरुद्ध भएको छ ।  त्यसैगरी, महाकाली नगरपालिका–८ स्थित असिगडामा राति खसेको पहिरोले अवरूद्व बनेको महाकाली राजमार्ग आज बिहान नौ बजेपछि खोलिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update