Sagun Khabar
मलामी गएका डडेल्धुराका २ युवक सेतीमा बगे

धनगढी- मलामी गएका डडेल्धुराका दुई युवक डोटीको सेती नदीमा बगेका छन्। बुधबार जिल्लाको अमरगढी नगरपालिका-६ स्थित छचोडाका अन्दाजी २७ वर्षीय बिरेन्द्र ताम्राकार र विनोद ताम्राकार नदीमा बगेका हुन्। 

बगेकामध्ये विनोद बगेको स्थानबाट केही तल सकुशल फेला परेका छन्। यस्तै अर्का युवक बिरेन्द्र भने बेपत्ता भएको र खोजी कार्य थालिएको प्रहरीले जनाएको छ। ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update