Sagun Khabar
बाजुराको बूढीगंगामा मतदान शुरु 

बाजुरा –बाजुराको बूढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर नयाँ जनप्रतिनिधि चुन्न आज मतदान भइरहेको हो । 

बिहान ७ बजेदेखि मतदान सुरु भएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । 

१० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली खटाइएको उनले बताए । जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्य थापाले शान्तिपूर्ण वातावरणमा चुनाव भइरहेको बताए ।  
 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update