Sagun Khabar
बाजुराको बुढीगंगामा  जारी मतदानमा फेरि विवाद उत्पन्न

 बाजुरा-  बाजुराको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा फेरि विवाद उत्पन्न भएको छ। बुढीगंगा नगरपालिकाको त्रिशक्ति मावि मतदानस्थलमा झडप भएको हो।

फर्जी मत खसाएको विषयमा विवाद भएपछि दलका कार्यकर्ताहरुबीच झडप भएको प्रहरीले जानकारी दिएको छ। झडप एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। झडपलाई साम्य पार्न प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ।

स्वास्थ्य सन्देश
Atrya hospital

अहिले मतदानस्थल सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ। मतदान पुनः सुरु गर्न प्रयास भइरहेको पहरीको भनाइ छ। यसअघि वैशाख ३० गतेको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो।

बुढीगंगाको मेयरमा एमालेबाट रामबहादुर बाँनिया उम्मेदवार छन् भने कांग्रेसबाट रंगबहादुर खाती प्रमुख पदका उम्मेदवार छन्।

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update