Sagun Khabar
डडेल्धुरामा भ्रष्टाचार गरेको भन्दै सामुदायिक वनका अध्यक्षलाई दलियो   कालोमोसो

डडेल्धुरा- डडेल्धुरामा नेकपा बहुमतका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलेका छन्। बिहीबार राति जिल्लाको आलिताल गाउँपालिका–३ स्थित तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई नेकपा बहुमत डडेल्धुराले कालोमोसो दलेको हो।

कृते कागज गरेर समुदायिक वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालय आलिताललाई छलेर सामुदायिक वनको खातामा रहेको २२ लाख रुपैयाँ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मडैले भ्रष्टाचार गरेको आरोपमा सांकेतिक कारबाही गरिएको सो पार्टीले जनाएको छ।
 

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update