Sagun Khabar
बैतडीका ११ सडकमा स्तरोन्नतीको काम 

बैतडीमा चालु आर्थिक बर्षमा ११ ओटा सडकमा स्तरोन्नतीको काम भईरहेको छ । जिल्लाका विभिन्न ११ सडकमा स्तरोन्नतीका लागि ठेक्का सम्झौता भएर काम भईरहेको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए ।

५ ओटा सडकमा कालोपत्रेको काम भईरहेको छ भने ६ ओटा सडकमा अन्य स्तरोन्नतीको काम भईरहेको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा झण्डै १०५ किलोमिटर सडकमा कालोपत्रेको काम भईरहेको छ भने ७२ किलोमिटर अन्य स्तरोन्नतीको काम भईरहेको कार्यालय प्रमुख जोशीले जानकारी दिए  । उनले भने ‘केही सडकमा यसै बर्ष काम सक्ने गरेर सम्झौता भएको छ भने केही सडक २ –३ बर्षमा सम्पन्न हुने हिसाबले सम्झौता भएको छ ।’ 

स्वास्थ्य सन्देश
Atrya hospital

चालु आर्थिक बर्षमा सतबाँझ–श्रीभावर– हाट सडक १६ किलोमिटर, पाटन–पञ्चेश्वर सडक ६० किलोमिटर, देहीमाण्डौं–गिरेगडा १५ किलोमिटर, श्रीकोट –सिल्लेगडा–कटौजपानी ६ किलोमिटर र उग्रतारा –मेलौली ८ किलोमिटरमा कालोपत्रेको काम भईरहेको छ । 

यस्तै खोचलेक–सित्तड–रीम–डिलाशैनी २० किलोमिटर, गण्न्ना –गनैखान २० किलोमिटर, दुदिलाखान –गाँजरी ९ किलोमिटर, विप्याकटाल–ढुंगाड ९ किलोमिटर, खाल –देहीमाण्डौं–शर्माली ८ किलोमिटर र गोठलापानी –ईश्वरी गंगाधाम ६ किलोमिटर सडकमा अन्य स्तरोन्नतीको काम भईरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख जोशीले बताए । 

अन्य स्तरोन्नती अन्तर्गत सडक चौडा पार्ने, पर्खाल लगाउने काम लगायतका कामहरु भईरहेका जोशीले बताए ।केही सडकमा चालु आर्थिक बर्षमा थप बजेट विनियोजन भएको र काम सञ्चालनका लागि टेण्डर आह्वान गरिने जोशीले बताए । पछिल्लो समयमा जिल्लाका धेरै ठाउँमा सडक पुगेपछि स्थानीयहरुलाई समेत सजिलो भएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update