Sagun Khabar
जिसस बाजुराको निर्वाचन साउन ८ गते हुने 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –जिल्ला समन्वय समिति बाजुराको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । जिसस बाजुराको निर्वाचन साउन ८ गतेका लागि तोकिएको मुख्य निर्वाचन अधिकृत्त माधवप्रसाद घिमिरेले जानकारी दिए ।  

साउन ३ गते मतदाता नामवली प्रकाशन गर्ने, मतदाता नामावली सच्याउन र संशोधित  मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यस्तै ४ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए । यस्तै साउन ५ र ६ गते मनोनयन दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने कार्यतालिका रहेको छ । 

यस्तै ७ गते उम्मेदवारी फिर्ताको कार्यतालिका रहेका छ भने साउन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्ह प्रदान गरेर चुनाव गरिने छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update