Sagun Khabar
बाजुरामा बाढीले चार घर बगायो, २३ जनाको उद्धार

बाजुरा-  बाजुरामा मंगरबार राति परेको अविरल वर्षाका कारण बाढी आएपछि चारवटा घर बगाएको छ। जिल्लाको बुढीगंगा नदीमा आएको बाढीले घर बगाएको हो। 

बडिमालिका नगरपालिका २ भौनेरामा घर बगाउँदा चार परिवार नै विस्थापित भएका छन्। प्रहरीका अनुसार स्थानीय लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको घर पूर्ण रूपमा बगाएको छ भने अम्मराज पण्डित र तर्कराज पण्डितको आधा बगाएको छ। यस्तै नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीको टोली घटनास्थलमा उद्धार र विस्थापित  परिवारलाई सुरक्षित ठाउँमा सार्न खटिएको छ। 

स्वास्थ्य सन्देश
Atrya hospital

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update