Sagun Khabar
जिसस बाजुरामा एमालेका उम्मेदवार निर्वाचित

बाजुरा: जिल्ला समन्वय समिति बाजुराको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेद्वारी परेको थियो।

९ वटा स्थानीय तहका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरी जम्मा १८ जना मतदाता थिए। जसमध्ये एमालेसँग एक्लै १२ मतभार रहेकाले अन्य दलले उम्मेदवारी दिएको थिएन। नेकपा एमालेबाट समन्वय प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछु सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतरा निरबिरोध निर्वाचित भएका छन्।

स्वास्थ्य सन्देश
Atrya hospital

त्यसैगरी महिला सदस्यमा कल्चुदेबी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्ब देबी विक निर्विरोध निवाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। आइतबार उनीहरुले सपथ ग्रहण गरेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताएका छन्।
 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update