Sagun Khabar
डडेल्धुरा अस्पतालमा ५ दिने निशुल्क शिविर सञ्चालन 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा ५ दिने निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको छ । सुष्मा मेमोरियल अस्पताल काठमाडौंको प्राविधिक सहयोग, रुडुक डडेल्धुराको समन्वय र डडेल्धुरा अस्पतालको आयोजनामा पाँच दिने निःशुल्क शिविर सञ्चालन भएको हो । 

शिविरको एक समारोहकाबीच मंगलबार प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहोराले उद्घाटन गरेका छन् । सो कार्यक्रममा बोल्दै मन्त्री बोहराले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 

उनले सडक निर्माणलगायतका काम एकवर्ष ढिला भए पनि केही नहुने तर, स्वास्थ्य उपचार नपाए मानिसले ज्यान गुमाउनुपर्ने अवस्था भइकाले प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको दाबी गरे । 
 

प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update