Sagun Khabar
बाजुराबाट एकैदिन दुई गर्भवतीको हवाई उद्धार 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुराबाट एकै दिन दुई गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । ४ दिनदेखि सुत्केरी हुन नसकेकी जगन्नाथ गाउँपालिका २ की ३२ वर्षीया जेनि राई नाथ र बुढीनन्दा नगरपालिका २ की मनु रेग्मी पाध्यायको उद्धार गरिएको हो । 

जेनीलाई अछामको साँफेँबगरबाट उद्धार गरिएको हो भने मनुको कोल्टीबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुको उद्धार गरिएको हो । 
 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update