Sagun Khabar
बाजुरा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए । 

जिल्ला समन्वय समिति बाजुराका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक तुलसीराम रोकायाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । 

बाजुरा सुदूरपश्चिम प्रदेशको ९औँ र देशभरको २२ औँ जिल्लाको रुपमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख चन्दले बताए । 
 

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update