Sagun Khabar
बाजुराका १९ महिलाको नाकाबाट उद्धार 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुराका १९ जना महिलाहरुको कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएको छ । बाजुराको नौ वटै स्थानीय तहका  अधिकाशं महिलाहरु घरको आर्थिक स्थिति निकै कम्जोर भएकोले उनीहरु कामको खोजीमा प्रत्येक वर्षमा भारत जाने गर्दछन् । बाजुराका उन्नाइस जना महिलालाई भारतमा राम्रो काम लगाइ दिने प्रलोभन पार्दै दलालहरुले बिक्री गर्ने उद्देश्यले भारत लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको शान्ति पुर्नस्थापना गृह कैलाली र गड्डाचौकीले जनाएको छ । 

आर्थिक वर्ष २०७८ असार देखि २०७९ साउन सम्म बाजुराका महिलालाई त्रिनगर र गड्डाचौकी सिमानाकाबाट उद्धार गरिएको शान्ति पुर्नस्थापना गृह शाखा कञ्चनपुर गड्डाचौकीका कर्याक्रम सयोजक सञ्चित सिँहले बताए । 

उद्धार गरिएका महिलामा घरको आर्थिक स्थिति निकै कमजोर र एकल महिला रहेको शान्ति पुर्नस्थापना गृहले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update