Sagun Khabar
दशरथचन्दमा बृहत यौनिकता शिक्षा सम्बन्धि समन्वय समिति गठन 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीको दशरथचन्द नगरपालिकामा बृहत यौनिकता शिक्षा सम्बन्धि समन्वय समिति गठन गरिएको छ । आइतबार नगरपालिकामा भएको पालिकास्तरीय समन्वय बैठकले दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । 
समितिमा नगरपालिकाको शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिका शाखाका प्रमुख सदस्य रहेका छन् भने शिक्षा शाखा प्रमुखलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ । यस्तै नेपाल परिवार नियोजन संघ बैतडी शाखा प्रबन्धक, सदरमुकामस्थित एउटा मावि र एउटा आधारभूत विद्यालयका प्रधानाध्यापकलाई सदस्यमा राखिएको छ । यस्तै किशोरीहरुका तर्फबाट निशा भट्ट र निर्मला टेरलाई समितिमा राखिएको छ । 
समितिले नगरपालिकाभित्र बृहत यौनिकता शिक्षाका बिषयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, पैरवी गर्ने र यो बिषयमा सबै ठाउँमा जानकारी दिने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । बृहत यौनिकता शिक्षाका बिषयमा जानकारी नहुँदा विभिन्न समस्याहरु आईरहेकाले ती समस्या समाधानका लागि समितिले काम गर्ने उनले बताए । 
यस्तै जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरिएको छ । सो समितिमा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, उपप्रमुख मीना चन्द, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थी र संयुक्त राष्ट्रसंघीय जनसंख्याका कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाही  सदस्य रहेका छन् । 
। 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update