Sagun Khabar
डडेल्धुरामा जेठ २२ गते सम्म निषेधाज्ञा जारी रहने 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा जारी निषेधाज्ञा २२ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको समय एक साता थप गर्दै जेठ २२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

जिल्लामा यसअघि जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना भाइरसको संक्रमण कम नभएकाले निषेधाज्ञा थप गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update