Sagun Khabar
सुदूरपश्चिमका ६ जिल्लामा ४ मा युनियन र २ मा चौतारी विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये ६ जिल्लामा नेपाल पत्रकार महासंघ निर्वाचनको मत गणना सकिएको छ । गणना सकिएका मध्ये नेपाली कांग्रेस निकट प्रेस युनियनले ४ र एमाले निकट प्रेस चौतारीले २ जिल्लामा जित हात पारेको छ ।
कैलाली र कञ्चनपुरका भने आज बिहान ८ बजेदेखि मतगणना सुरु गरिएकोमा गणना जारी छ । पत्रकार महासंघ अछामको अध्यक्षमा खम्मसिंह खत्री विजयी भएका छन् । दुई सदस्यबाहेक विपुल पोखरेल नेतृत्वको प्यानलै विजयी भएको हो । 
उपाध्यक्षमा गीता कुँवर र रमेश रावत विजयी भएका छन् भने सचिवमा पूर्णबहादुर खड्का विजयी हुनुभएको छ । यस्तै सहसचिवमा भवराज भण्डारी, सहसचिव समावेशीमा सरिता खड्का विजयी भएका छन् भने कोषाध्यक्षमा भवानी प्रसाद भण्डारी विजयी भएका छन् । 
नेपाल पत्रकार महासंघ दार्चुलाको अध्यक्षमा निर्मला शर्मा नेतृत्वको प्रेस चौतारी समूह सबै पदमा विजयी भएको छ । 
अध्यक्षमा कृष्ण सिंह धामी, उपाध्यक्षमा सन्तोष सिंह कोट्टारी, महिला उपाध्यक्षमा, विमला भुजेल सचिवमा गगन सिंह विष्ट, सह सचिवमा लोकेन्द्रप्रसाद जोशी, समावेशी सह सचिवमा ईश्वरी बुढाथोकी, कोषाध्यक्ष राम सिंह धामी विजयी भएका छन् । 
यस्तै महासंघ डडेल्धुराका अध्यक्षमा हिक्मत सिंह विजयी भएका छन् । युनियनका बरुण पनेरुलाई हराउँदै सिंह विजयी हुनुभएको हो । उपाध्यक्षमा गणेश रोका र निर्मला भट्ट सचिवमा पुष्कर भण्डारी, कोषाध्यक्षमा ललित बोहरा ,सह सचिवमा भूपेन्द्र बिष्ट र प्रकाश पार्की निर्वाचित हुनुभएको छ । 
यस्तै डोटी जिल्ला शाखा अध्यक्षमा प्रेस युनियनका मोहन शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा अरुण बम र सुनिता रावल, सचिवमा पवन महरा, कोषाध्यक्षमा चक्र कुवर, सह सचिवमा चक्र मल्ल र  सरिता कठायत विजयी भएका छन् । 
 यस्तै बझाङको अध्यक्षमा प्रेस युनियनका शैलेन्द्र रोकाया विजयी हुनुभएको छ ।  उपाध्यक्षमा सम्राट सिंह र बिना रोकाया, सचिवमा ललित सिंह, सुभाष कठायत,  सह–सचिव जोरेन्द्र खड्का र करुणा जोशी विजयी भएका छन् । 
 नेपाल पत्रकार महासङ्घ बाजुराको अध्यक्षमा छक्क बहादुर मल्ल निर्वाचित भएका छन् । अध्यक्षमा प्रेम बहादुर बिकलाई हराउँदै मल्ल विजयी हुनुभएको हो । मल्ल युनियनका उम्मेदवार हुन् । बिकले ४४ मत पाएका थिए भने मल्लले ५३ मत पाएका थिए । उपाध्यक्षमा कालिका उपाध्यायलाई हराउँदै सङ्गीता तिमेल्सेना विजयी भएकी छिन् । सचिवमा अनिल शाही, सहसचिवमा गङ्गाराम पण्डित र कोषाध्यक्षमा नहकुल जोशी विजयी भएका छन् 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update