Sagun Khabar
बाजुराकी एक महिला सुर्खेतबाट बेपत्ता 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुराकी एक महिला बेपत्ता भएकी छिन् । जिल्लाको जगन्नाथ गाउँपालिका–६ की २६ वर्षीया निर्मला सार्की ११ गते मंगलबारबाट हराएकी हुन् । 

उनी र उनका श्रीमान कालसिंह सार्की सुर्खेतमा कोठा भाडा गरी बस्दै आएका बताइएको छ । श्रीमान कपडा बेच्न गाउँतिर निस्केका बेला दिउँसो बजार जान्छु भनी हिँडेकी निर्मला ४ दिनसम्म पनि सम्पर्कमा नआएको उनका कान्छा ससुरा फागुने सार्कीले बताए ।

निर्मलाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन दिइसकेको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update