Sagun Khabar
तरुण दलका अध्यक्ष भट्ट एक युवतीसंग शंकास्पद रुपमा भेटिएपछि ...
स्वास्थ्य सन्देश
Atrya hospital

नेपाल तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्ट एक युवतीसंग शंकास्पद रुपमा फेला परेका छन् । दोगडाकेदार गाउँपालिका ७ घर भएका भट्ट सोही गाउँपालिका घर भएकी एक युवतीसंग शंकास्पद रुपमा फेला परेका प्रहरीले जनाएको छ ।

 तरुण दल अध्यक्ष भट्ट र नेविसंघमा आवद्ध ती युवतीलाई मेलौली नगरपालिका २ सलेना बाग्गोठाबाट शंकास्पद रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनले भने ‘दुवै जना बास बस्नका लागि त्यहाँ पुगेका र राती हल्ला भएपछि उनीहरु त्यहाँबाट भाग्न खोजेछन् । त्यसपछि होटेल साहुले प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौं ।’

बुधबार राती दुवै जनालाई नियन्त्रणमा लिईएको उनले बताए । दुवैजनालाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको र सोधपुछ भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update