Sagun Khabar
‘जब पर्यो राति तब बुढि ताति’ दार्चुलामा आएको बाढी र क्षति पछि जे देखियो !
MANTRI BADU.jpg

दार्चुला – गत शुक्रबार साँझदेखिको अविरल वर्षा पछिको बाढीले दार्चुलाको जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीले भौतिक सँगै मानवीय क्षति पुर्याएको छ । अति भएपछि मात्रै मति आउने प्रवृत्तीकै कारण दार्चुला बासिले यो पीडा भोग्नुपरेको बताएका छन  । विपत्ति आएपछि  समाधानका कुरा गर्ने,गर्मी लागेपछि गर्मीको कुरा गर्ने, सडक दुर्घटना भएपछि सडक संरचनालाई दोष दिने परम्परा कै कारण यस्ता समस्या भोग्नुपरिरहेको पीडितहरूको भनाई छ ।

यतिबेला सामाजिक संजालमा उद्योग मन्त्री माननीय दिलेन्द्र प्रसाद बडू दार्चुला पुगेर ढुङ्गा बोकेका तस्विरहरु सार्वजनिक भईरहेका छन् । दार्चुलामा  बाढीले बितण्डा मचाएपछि उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडू पुगेको प्रति दार्चुला बासि खासै सन्तुष्ट देखिदैनन ।

स्वास्थ्य सन्देश
Atrya hospital

समस्यामा परेका नागरिकहरूलाइ साथ दिनु राम्रो कुरा भएपनि गत फागुनमा भारतले एकतर्फी रूपमा महाकालीको धार परिवर्तन गर्दा सरकार र जनप्रतिनिधिहरुसंग दार्चुलाबासीले सहयोग माग्दा साथ नपाएकोले आक्रोसित छन ।

भारतले एकलौटी रूपमा महाकालीमा बाध निर्माण गरेर नदिको धार परिवर्तन गर्न खोज्दा राज्यलाई गुहारेको र कसैले वास्ता नगरेका कारण यो बिपत्ति भोग्नु परेको पीडितहरूको भनाई छ । उनिहरू प्रश्न गर्छन हामी टुहुरा भयौं, सरकार छ र नेपालमा ? यदि भएको भए भारतले एकलौटी हिसावले कसरी बाध बाध्यो ? बाढीको मुख्य कारण बाध हो ।

भारतले एकतर्फी रुपमा डोजर प्रयोग गरी महाकालीको धार परिवर्तन गर्दा भारतलाई सो नगर्न नगराउन खबरदारी  गरेको भए आज यो विपत्तिको सिकार दार्चुला वासि पक्कै पनि हुने थिएनन् । गत फागुनमा  आम दार्चुलावासीहरुले ढुङ्गामुडा गर्दा राज्य मौन रह्यो तर आज ढुङ्गा बोक्ने, हेलिक्पटरमा सान्त्वना दिन आउने र सामाजिक संजालमा दुःख व्यक्त गर्नेहरूले समयमै ध्यान पुर्याउन नसकेको पीडितहरूको गुनासो छ ।

गत शुक्रबारको बाढीपहिरोमा परेर अहिलेसम्म ५ जनाको मृत्यु भएको छ, धेरै घाइते छन भने १० जना अझै बेपत्ता रहेका छन् । घर बगाएको छ , सयौँको संख्यामा घरहरु जोखीममा परेका छन् । 

बाढीले क्षति पुर्याउदा बिउझेझै गर्ने राज्य निकाय , मिडिया ,उद्धार गर्ने संघ संस्था केही दिनको ओभानो संगै हराउने र आफ्ना दुख ज्युँका त्युँ रहने भन्दै दार्चुला बासि चिन्तित बनेका छन ।
 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update