Sagun Khabar
इन्टरनेटको बढदो प्रयोगले  ठेगान लागेको हुलाक सेवा , सम्झनामा सिमित हुलाकी चिठीपत्र

बैतडी– घर छोडेर शहर पसेका वा धन कमाउन लाहुर हिँडेका  आफन्तको खवर ल्याउने, पठाउने हुलाक सेवा अब सम्झनामा सिमित रहन थालेको छ । समय परिवर्तन संगै इन्टरनेटको जमाना चलेपछि हुलाक सेवा मार्फत चिठ्ठी पत्र पठाउने चलन लोप हुदै गएको छ ।

हुलाक सेवा एक समयको अनिवार्य सेवा जस्तै थियो । जतिबेला सूचना तथा जानकारी आदान प्रदान गर्ने साधन केही थिएन् त्यतीबेला हुलाक सेवाका माध्यमले मानिसहरूलाई सहजता प्रदान गरेको थियो । टेलिफोन ,मोबाईल जस्ता प्रविधीहरु प्रयोगमा नआउदा सम्म सुचना आदान प्रदान गर्ने भरपर्दो माध्यम हुलाक सेवा नै थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

मनको कुरा भन्न , खबर पठाउन अब चिठिपत्र लेखिरहनु पर्दैन सिधै म्यासेन्जर, भाइवर, मोवाइलमा बात मारे पुग्छ । खाम बोकेर घर घर पुग्ने हुलाकी एका देशका कथा जस्तै भएका छन । तर हुलाक कार्यालयहरु भने अहिले पनि गाउँगाउँमा नभएका होइनन् । नेपालमा विक्रम सम्वत् १९३५ मा नेपाल हुलाक घरको नामबाट स्थापना भई हुलाक सेवा प्रारम्भ भएको थियो ।

आज टेलिफोनको माध्यमबाट तुरुन्तै सन्देश आदान प्रदान  गर्न सकिने भएको छ । त्यस्तै, इमेल ,फ्याक्सबाट चिठ्ठी पठाउन र पाउन सकिन्छ । इन्टरनेट बाट सजिलै भिडियो कुराकानी गर्न सकिन्छ ।
बढ्दो प्रविधिको पहुँचका कारण चिठ्ठीपत्रको चलन कम हुदैं गएको  जिल्ला हुलाक कार्यालय बैतडीका प्रमुख टिका सिंह रावलले बताए  ।  उनी भन्छन्  सूचना प्रविधिको पहुँच भएका र नभएका दुबै स्थानहरुमा हुलाक सेवालाई वैकल्पिक माध्यमको रुपमा प्रयोग गर्न चाहने वर्गलाई सेवा उपलव्ध गराउने कार्य हुलाक सेवाले गर्दैआएको छ । 

व्यत्तिगत चिठ्ठी पत्रको काम घट्दो भएपनि पार्सलको काम भने निरन्तर नै चलिरहेको प्रमुख रावल बताउँछन् ।  बैतडीमा अहिले जिल्ला हुलाँक कार्यालय ,ईलाका हुलाँक १३ र ५४ वटा ग्रामीण हुलाकहरु रहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update