Sagun Khabar
भालुको आक्रमणबाट बाजुरामा एक पुरुष गम्भीर घाइते
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी भालुको आक्रमणबाट बाजुरामा एक पुरुष गम्भीर घाइते भएका छन् । जिल्लाको बुढीगंगा नगरपालिका–९ का ५९ वर्षीय पुरन सेराला भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।

मंगलबार दिउँसो गाउँ नजिकैको मेलडाडा जंगलमा गोरु चराइरहेका बेला उनीमाथि भालुले आक्रमण गरेको बताइएको छ ।

उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको स्थानीले बताएका छन् । उनको टाउको, छाति र खुट्टामा चोट लागेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update