Sagun Khabar
बाजुराबाट एक गर्भवतीको हवाई उद्धार 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुराबाट एक गर्भवतीको हवाई उद्धार गरिएको छ । जिल्लाको कोल्टीबाट गर्भवती महिलाको हवाई उद्धार गरिएको हो । 

हिमाली गाउँपालिका वडा न ४ की ३६ वर्षीया साउनी भण्डारीको हवाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । सुत्केरी ब्यथा लागेपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गएकी उनमा जटीलता देखिएपछि हवाई उद्धार गरिएको हो । 

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत भण्डारीलाई हेलिकोप्टर मार्फत नेपालगञ्ज पुर्याइएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update