Sagun Khabar
बाजुरामा मन्दिरभित्र छिरेको भन्दै दलितमाथि कुटपिट, वडाध्यक्ष प्रहरी नियन्त्रणमा 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा मन्दिर प्रवेश गरेको निहुँमा एक जनामाथि कुटपिट गरिएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पुजा गर्न बसिरहेका बेला बुढिगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट गरिएको हो । 

त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहको प्रहरीले बताएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update