Sagun Khabar
देउवालाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

स्थिर समयको बेला मङ्सिर २ गते प्रधानमन्त्री देउवाले डडेल्धुरास्थित रातो गुराँस रिसोर्टमा निर्वाचन आचारसंहिताको उल्लङ्घन गरी आम मतदातालाई बोलाई आश्वासन दिएको भन्दै समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले आयोगमा उजुरी दिएका हुन्।

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update