बैतडीको देहिमाण्डौंमा बस र अल्टो एकआपसमा ठोक्किए
बैतडी –बैतडीमा बस र अल्टो एक आपसमा ठोक्किएका छन् ।महेन्द्रनगरबाट बैतडी सदरमुकाम गइरहेको सुप प्र ०२००१ ख ९४९ नम्बरको रोकिराखेको बसलाई महेन्द्रनगरबाट बैतडी सदरमुकाम तर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १४३७ नम्बरको अल्टोले देहीमाण्डौंमा ठक्कर दिएको हो ।
शुक्रबार साँझ ६ बजेतिर बससंग ठोक्किएको अल्टोको अगाडिको भागमा समान्य क्षति पुगेको देहीमाण्डौं प्रहरीचौकीका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक जनक विष्टले बताए । सो दुर्घटनामा मानवीय क्षति नभएको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९ १८:३९
प्रतिक्रिया दिनुहोस्





