Sagun Khabar
शैल्यशिखर धुरामा आगलागि 
फोटो :आगलागिका कारण नष्ट भएका धार्मिक सामग्री

धार्मिक आस्थाको केन्द्र तथा राष्ट्रकै सातौं शैल्यशिखर मालिकार्जुन धुरामा आगलागी भएको छ । मालिकार्जुन देवताको मुख्य बासस्थान मानिने शिखर धुरामा आगलागी हुदा विगतदेखि भक्तजनहरुले श्रद्धापुर्वक समर्पण गरेका विभिन्न धार्मिक सामाग्रीहरु जलेर क्षति भएको भएको स्थानीय मानध्वज साउँदले जानकारी दिए । उनले भने ‘शिखर धुरामा चढाइएका ध्वजा, नेजा, मुर्ती, भोकर, नगद भेटी लगायत किराना र धार्मिक सामग्री जलेर नष्ट भएका छन् ।’

शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का करिब १५ जना युवाहरुले दुई दिन देखि आगो नियन्त्रणको प्रयास गरेपनि शिखर धुराको गुठी बचाउन नसकिएको उनको भनाई छ । आगलागी नियन्त्रण तथा धार्मिक सम्पति संरक्षणमा स्थानीय सरकारहरुले समेत ध्यान नदिएको युवाहरुले गुनासो गरेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

युवाहरुले आगो नियन्त्रणमा लिने प्रयास गरेको भएपनि आगो नियन्त्रणमा लिन नसकेको उनीहरुले बताएका छन् । आगो नियन्त्रणमा नआएपछि शनिबार धाम परीसरमा आगलागि भएर धार्मिक सम्पदा नष्ट भएका साउँदले बताए ।

शैल्यशिखर मालिकार्जुन धाम नेपालको मात्रै नभएर छिमेकी भारतीय नागरिकको पनि आस्थाको केन्द्रको रुपमा रही आएको छ । लगातारको खडेरीका कारण भएको आगलागिले धाम नजिकैको वन पनि सखाप भएको साउँदले बताउनुभयो । आगलागिका कारण वनजंगलका वन्यजन्तुहरु समेत समस्यामा परेका छन् । 
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update