Sagun Khabar
दार्चुलामा छाङरु र तिंकर जाने नागरिकको एन्टीजेन परीक्षण गरिने 

दार्चुला – दार्चुला सदरमुकाम खलंगाबाट व्याँस गाउँपालिकाको वडा नम्बर १ छाङ्गरु तिंकर जाने नागरिकको एन्टिजेन परीक्षण गरिने भएको छ । विकट क्षेत्रसम्म विभिन्न कामको सिलसिलामा जाने नागरिकको एन्टिजेन परिक्षण गरेर आवतजावत गर्न दिइने भएको हो ।

जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकले सम्बन्धित वडा कार्यालयको सिफारिसको आधारमा व्याँसको छांगरु तिंकर जाने नागरिकको एन्टिजेन परीक्षण गर्ने निर्णय भएको हो । वडा कार्यालयले व्याँससम्म जाने नागरिकको अनिवार्य एन्टिजेन परिक्षण गर्न आग्रह गरेको थियो ।

स्वास्थ्य सन्देश
Atrya hospital

वडाको आग्रह बमोजिम नेपालभित्रैबाट व्याँस जाने स्थानीयको परिक्षणको व्यवस्था मिलाईने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए  ।

व्याँसको वडा नम्बर १ ले व्याँसका केही नागरिकहरु पूजा पाठको लागि छांगरु तिंकर जानुपर्ने अवस्था आएको भन्दै २ सय थान एन्टिजेन किट उपलब्ध गराउन आग्रह गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update