Sagun Khabar
बर्षाका कारण डडेल्धुराको घटालथान डुबानमा 

डडेल्धुरा –लगातारको बर्षाका कारण डडेल्धुरास्थित प्रसिद्ध धार्मिक क्षेत्र घटालथान डुबानमा परेको छ । लगातारको बर्षाका कारणले घटालथान डुबानमा परेको हो ।

पर्यटन पूर्वाधारका लागि निर्माण भइरहेकै बेला महाभारत पर्वत श्रृंखलाको फेदमा रहेको अमरगढी नगरपालिका–३ डोटीखोलामा अवस्थित घटालथानमा वर्षाले सो क्षेत्रमा निर्माणाधीन संरचनासहित धरापमा परेको स्थानीयवासी राजेन्द्र जैसीले बताए ।

खोलामा वर्षातको पानीको सतह बढेपछि एक करोड ४१ लाखमा निर्माण भएको प्यारापिट, मूल मूर्ति स्थान तथा मसानघाटको आरसिसी ढलानलगायत पर्यटक विश्रामस्थल डुबानमा परेपछि पर्यटकीय धार्मिक क्षेत्र सङ्कटमा परेको घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्णराज बोहराले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update