Sagun Khabar
डडेल्धुराको स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला पर्यो, हत्या गरिएको आशंका 

डडेल्धुरा-परशुराम नगरपालिका–९ को सामुदायिक वनमा एक युवतीको शव फेला परेको छ । परशुराम–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी २६ वर्षीया अस्मितादेवी धामी शव फेला परेको हो । 

गत असार २ गते आधारभूत स्वास्थ्य केन्द्र जमरानीबाट स्वास्थ्य सामाग्री जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका ९ को हट्वानी सामुदायिक वनमा शनिबार फेला परेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

घरपरिवार तथा स्थानीयले खोजी गर्दा अस्मिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रहरी घटनास्थलमा पुगिसकेको उनले बताए । 

धामीको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । तर, प्रहरीले भने पोष्टमार्टमपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्ने कुरा खुल्ने जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयबाट घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक हर्ष चन्दको नेतृत्वमा प्रहरी टोली पनि पठाइएको छ ।

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update