Sagun Khabar
रुडेसको बार्षिक साधारण सभा सम्पन्न 

बैतडी,३ चैत–
सामाजिक क्षेत्रमा क्रियाशील संस्था ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) बैतडीको १७ औं साधारणसभा मंगलबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेन्द्रबहादुर ठगुन्नाको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा प्रमुख अतिथी रहनुभएको थियो ।

यस्तै जिल्ला समन्वय समितिका सदस्य लालबहादुर चन्द बिशिष्ट अतिथी रहनुभएको थियो । साधारण सभामा संस्थाका कार्यकारी निर्देशक गोविन्दराज जोशीले १ करोड २९ लाख ७९ हजार बराबरको आयव्यय विवरण पेश गर्नुभयो । यस्तै आगामी बर्षका लागि समेत योजना तर्जुमा गरिएको कार्यकारी निर्देशक जोशीले जानकारी दिनुभयो ।

स्वास्थ्य सन्देश
Atrya hospital

रुडेसले अक्सफाम नेपालको सहयोगमा ट्रोसा परियोजना, आर्थिक उत्थानशील परियोजना र स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना सञ्चालन गरिरहेको छ । साधारणसभामा संस्था सदस्य, कार्यसमिति सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

संस्थाले शिक्षा, स्वास्थ्य,कृषि, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्दै आएको संस्थाका कार्यकारी निर्देशक जोशीले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update