Sagun Khabar
लैगिंक हिंसा न्यूनीकरणका लागि बैतडीमा जोडी सम्वाद 

बैतडी –बैतडीमा लैगिंक हिंसा न्यूनीकरणका लागि जोडी सम्वाद शुरु गरिएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र पिसवीन लैगिंक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत जोडी सम्वाद गरिएको हो । 

घरका महिला तथा पुरुषहरुलाई एकै ठाउँमा राखेर हिंसा न्यूनीकरणका बिषयमा छलफल गर्ने गरिएको पिसवीनका फिल्ड कर्मचारी लोकेश भट्टले जानकारी दिए । जिल्लाका विभिन्न स्थानमा जोडी सम्वाद सञ्चालन गर्ने गरिएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लाको दशरथचन्द नगरपालिका अन्तर्गत वडा नं ३ र ५ मा जोडी सम्वाद सम्पन्न गरिएको छ । जोडी सम्वादमा महिला तथा पुरुषहरुलाई एकै ठाउँमा राखेर विभिन्न समस्याका बिषयमा छलफल गर्ने गरिएको भट्टले बताए । 

जोडी सम्वाद कार्यक्रममा लैगिंक हिंसा न्यूनीकरणका साथै अन्य सामाजिक कुप्रथाका बिषयमा पनि छलफल हुने गरेको भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update