Sagun Khabar
बैतडीमा लैंगिक हिंसा न्यूनीकरणका लागि जोडी सम्वाद 

बैतडी –बैतडीमा लैंगिक हिंसा न्यूनीकरणका लागि जोडी सम्वाद कार्यक्रम गरिएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र भिएसओको सहयोगमा पिसवीनले सञ्चालन गरिएको लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत जोडी सम्वाद गरिएको हो । 

जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ३ मा १० दिन सम्म विभिन्न बिषयमा छलफल सञ्चालन गरेर जोडी सम्वाद सम्पन्न गरिएको पिसवीनका फिल्ड कर्मचारी लोकेश भट्टले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

श्रीमान–श्रीमतिका बीचमा रहेका असमझदारीहरु हटाउँदै समुन्नत परिवार निर्माणका लागि जोडी सम्वादको आयोजना गरिएको हो । समाजमा रहेका विभिन्न हानिकारक प्रचलन, बालविवाह, घरेलु हिंसा लगायतका कुप्रथाहरु अन्त्यका बिषयमा जोडी सम्वादमा छलफल गरिएको भट्टले बताए । 

महिलामाथि हुने घरेलु हिंसा न्यूनीकरणका लागि जोडी सम्वादले महत्वपूर्ण भूमिका खेल्ने दशरथचन्द नगरपालिका वडा नं ३ का वडा अध्यक्ष अजबबहादुर पाण्डेले बताए । यस्ता खालका कार्यक्रमले परम्परागत कुप्रथा हटाउन सहयोग मिल्ने उनले बताए । 

सम्मानित जीवन जिउन, परिवारका सदस्यहरुबीच दरिलो सम्बन्ध बनाउन, घरेलु हिंसा न्यूनीकरण गर्न र बालविवाह अन्त्य गर्नका लागि जिल्लाका विभिन्न स्थानमा जोडी सम्वाद सञ्चालन गर्ने गरिएको कार्यक्रम संयोजक माधव भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update