Sagun Khabar
डडेल्धुरामा असार २५ गते सम्म निषेधाज्ञा थपियो 

डडेल्धुरा –कोरोना संक्रमण नियन्त्रणका लागि डडेल्धुरामा जारी भएको निषेधाज्ञा खुकुलो पार्दै थप १० दिनका लागि थपिएको छ ।  प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले असार २५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

थप खुकुलो पार्दै असार १५ देखि २५ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए  । अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवा हाललाई बन्द गरिने उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

निषेधाज्ञाको समयमा सबै सवारी साधन जिल्लाभित्र जोर विजोर प्रणालीमा चल्ने र बाहिर जाँदा अनुमति लिनु पर्ने प्रशासनले जनाएको छ । अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न दिइनेछ ।

खाद्य सामग्रीका पसलहरू, तरकारी, दुग्घजन्य तथा मासु पसल र स्टेशनरी पसलहरू प्रत्येक दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए  । यस्तै अब बैंक तथा वित्तीय संस्थाहरू बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । 

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update