Sagun Khabar
नेविसंघ स्थापना दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान 

बैतडी– नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा सोमबार बैतडीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । संघको ५२ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिले पाटनमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । 

नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपील केसीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता विष्णुदत्त जोशी प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति तेजबहादुर चन्द, जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट बिशिष्ट अतिथी रहनुभएको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

शुभकामना आदानप्रदान कार्यक्रममा शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि नेविसंघले खेलेको भूमिका बिषयमा छलफल भएको अध्यक्ष केसीले जानकारी दिए । यस्तै वर्तमान राजनीतिक परिस्थितीका बिषयमा पनि छलफल भएको उनले बताए । 

नेविसंघले जिल्लामा भ्रष्टाचार निवारण अभियान सञ्चालन गर्ने बिषयमा पनि छलफल भएको उनले जानकारी दिए । 

यस्तै नेविसंघ स्थापना दिवसको अवसरमा दार्चुलाको गोकुलेश्वर अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाल विद्यार्थी संघ दार्चुला कार्यसमितिका सदस्य कृष्णसिंह रावलको अगुवाई अस्पतालमा भर्ना भएका ७० जना बिरामीलाई फलफूल वितरण गरिएको हो । 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update