Sagun Khabar
गौरातिजको अवसरमा सुदूरपश्चिमेली समाज युकेद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सञ्चालन 

बैतडी –सुदूरपश्चिमेली समाज युकेले गौरा तथा तिजको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष सुरेन्द्र ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बैतडीको पाटन नगरपालिकाका निवर्तमान नगर प्रमुख केशवबहादुर चन्द प्रमुख अतिथी रहेका थिए । 

युकेलाई कर्मथलो बनाएका सुदूरपश्चिमबासीहरुले गौरा तथा तिजको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै देउडा समेत खेलेको समाजकी उपाध्यक्ष शैली राणाले बताइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

मातृभूमीको संस्कृति र परम्परा संरक्षणका लागि समाजले कार्यक्रमको आयोजना गरेको सुदूरपश्चिमेली समाज युकेका अर्का उपाध्यक्ष खेमराज जोशीले बताए ।

कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, सल्लाहकारहरुको समेत सहभागिता रहेको थियो । शुभकामना कार्यक्रममा समाजका सल्लाहकार डा. श्याम चन्द, भानबहादुर चन्द र बासु जोशीको समेत सहभागिता रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथी चन्दले विदेशी भूमीमा समेत सुदूरपश्चिमका नागरिकले आफ्नो संस्कृति बचाउन गरेको प्रयास निकै सराहनीय रहेको बताए । जहाँ भएपनि मातृभूमीप्रतिको समर्पणले सबैलाई एकताबद्ध बनाउनेमा उनले जोड दिए । 

सुदूरपश्चिमेली समाज युकेले बेलाबेलामा विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको छ । 
 
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update