Sagun Khabar
सिगास गाउँपालिकाको बस्तीमा गौराको रौनक कायमै, देउडीयहरुको बिशेष प्रस्तुती रहने

बैतडी–बैतडीको सिगास गाउँपालिका – ६ लेकमस्थित बस्तीमा गौरा पर्वको रौनक जारी रहेको छ । भदौ ४ गतेदेखि शुरु भएको गौरापर्वको समापन भोलि गरिने भएको छ । 

सिगास –६ बस्तीस्थित भगवती मन्दिरमा भोलि देउडा कार्यक्रमको समेत आयोजना गरिएको छ । गौरा पर्व समापनको अवसरमा भोलि भगवती मन्दिरमा ठूलो मेला लाग्ने स्थानीहरुले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

गौरा पर्वलाई भव्यताका साथ सम्पन्न गर्न वडापभत्र मदिरा विक्रि वितरण र सेवनमा रोक लगाइएको छ । वडाभित्र गौराको समयमा मदिरा विक्रि वितरण गरेमा पहिलो पटक ५ हजार, दोश्रो पटक १० हजार र तेश्रो पटक १५ हजार जरिवाना गरिने वडा अध्यक्ष तेजबहादुर साउँदले बताए । 

मदिरा सेवन गरेर होहल्ला गर्नेलाई पनि सोहि अनुरुप जरिवाना तोकिएको उनले बताए । गौराको अवसरमा स्वास्थ्य आमा समूहले सचेतनामूलक देउडा कार्यक्रम समेत सञ्चालन गरेको अध्यक्ष साउँदले बताए । 

लेकमस्थित बस्तीको गौरा पर्वमा सिगास ६ का चर्चित देउडा गायक सोपन साउद, बझाङ जिल्लाका चर्चित देउडा गायक सुजाता धामी, प्रकाश सिंह, सिगास गाउँपालिकाका उत्कृष्ट देउडा गायक रघुबीरसिंह धामी, सिगास ६ का देउडा गायक ललिता विक, खंकरा धामी, जोगासिंह साउँद, कालुसिंह साउद र भानी लुहारको विशेष प्रस्तुती रहने वडा अध्यक्ष साउँदले बताए । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update