Sagun Khabar
काठमाण्डौको गैह्रीगाउँमा एकैपरिवारका तीनसहित चार जनाको शव फेला, हत्या भएको आशंका 

काठमाण्डौ – काठमाण्डौको तीनकुने गैह्रीगाउँमा चार जनाको शव फेला परेको छ । दिव्य फर्निचर मिलभित्र एकै परिवारका तीनसहित चार जनाको शव भेटिएको हो ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा चार वटा शव फेला परेको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

हत्या हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । दोलखा घर भएका कुमार भुजेल, उनकी श्रीमती अम्बिका र कुमारकी आमा  शुभद्रा भुजेल तथा मोरङ घर भएका नवीन राईको शव भेटिएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी परिचालन गरी थप अनुसन्धान भइरहेको पनि उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले जानकारी दिए । मैनालीका अनुसार घटनाको अनुसन्धानका लागि काठमाण्डौको तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई सोधपुछका लागि पक्राउ गरिएको छ । 

घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । घटना राति १२ बजेतिर भएको हुन सक्ने अनुमान गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update